भर्खरै : Sorry, your browser does not support inline SVG.
रास्वपा बन्दसत्रमा बहसविनै प्रतिवेदन पारित, प्रतिनिधिहरूको गुनासो – ‘महाधिवेशन नेतामुखी बन्यो’ | विश्वकप फाइनलमा ट्रम्पको विशेष उपस्थिति, इन्फान्टिनोसँग मिलेर ट्रफी हस्तान्तरण गर्ने | मनसुनी वायु विस्तार हुँदै, आज यी प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना | बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक | सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ | वीरगन्जबाट काठमाडौं आउँदै गरेको ट्रकमा १.२ लाख ट्रामाडोल क्याप्सुल फेला | सिन्धुपाल्चोकबाट २ करोड ६९ लाख रुपैयाँभन्दा बढीका अवैध भेप बरामद | मनसुन प्रवेशसँगै गण्डकीमा भारी वर्षा, कोशीका केही क्षेत्रमा आज पनि ठूलो पानी पर्ने सम्भावना |

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानमाथि पाँच वर्षे प्रतिबन्ध, संसदबाट समेत बर्खास्त

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खानमाथि पाँच वर्षे प्रतिबन्ध, संसदबाट समेत बर्खास्त

एजेन्सी । पाकिस्तानको निर्वाचन आयोगले पुर्व प्रधानमन्त्री इमरान खानलाई सार्वजनिक पदमा बस्न पाँच वर्षसम्म रोक लगाइएको छ । आसन्न चुनाव लड्न नपाउने गरी आगामी पाँच वर्षसम्म कुनै पदमा रहन नपाउने गरी रोक लगाएसंगै सांसद समेत खारेज भएको छ ।

अदालतको उक्त आदेशलाई चुनौती दिँदै खानका कानून व्यवसायीहरूले उच्च अदालतमा पुनरावेदन दायर गरेका छन् जसको सुनुवाई बुधबार हुने भएको छ । गत वर्षको अप्रिलमा सदनमा विश्वासको मत नपाएपछि प्रधानमन्त्री पटबाट हटेका खानमाथि दुई सयभन्दा बढी मुद्दा लगाइएको छ ।

पञ्जाब प्रान्तको एटक शहरमा रहेको कारागारमा राखिएका खान भ्रष्टाचारको आरोपमा ३ वर्षको जेल सजाय भोगि रहेका छन् । खानले आफूमाथि राजनैतिक प्रेरित षडयन्त्र भएको आरोप लगाइरहेकै बेला सांसद पदबाट समेत बर्खास्त गरिएको छ ।

सन् २०१८ मा राजनितीमा प्रवेश गरेका ७० वर्षीय खानलाई पदमा रहँदा विदेशीले दिएको उपहार बिक्री गरी रकम हिनामिना गरेको आरोपमा ३ वर्षको जेल सजायँ तोकेपछी जेल चलान गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.