११ असार २०७७ काठमाडौं । पाटन अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ । अस्पतालमा उपचारत ५० वर्षका एक जना पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डाक्टर खगेन्द्र गेलालले बताए ।
ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीमा बस्दै आएक मृतकको स्थायी ठेगाना चितवन हो । केही समय अघि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
भाइरस संक्रमणको आशंका गरी स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । शव व्यवस्थापन नेपाली सेनाको सहयोगमा गरिएको डा. गेलालले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...