भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

पिउने पानीमा भेटियो कोलीफर्म

पिउने पानीमा भेटियो कोलीफर्म

स्याङ्जा । स्याङ्जाको खानेपानीमा कोलीफर्म भेटिएको छ । झन्डै ४२ प्रतिशत खानेपानीमा ‘कोलीफर्म’ किटाणु देखिएको हो । यो किटाणु मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

स्याङ्जाका ११ वटै पालिकाका केही मूलमुहान, टंकी, धारा र घरमा भएका खानेपानीको नमुना परीक्षण गर्दा दिसामा हुने कोलीफर्मका मात्रा भेटिएको प्रमुख बसुन्धरा शर्माले बताइन् ।

सार्वजनिक, व्यक्तिगत र संस्थागत धाराहरूबाट समेत खानेपानीका नमुना परीक्षण गरिएको उनको भनाइ छ । आर्थिक वर्ष २०७९,०८० मा ११ पालिकाअन्तर्गत रहेका बिभिन्न पानीका स्रोत धारा, घरबाट ९४ वटाको नमुना परीक्षण गर्दा ४१ दशमलव ४८ प्रतिशत कोलीफर्म देखिएको छ ।

यसैगरी, गतवर्ष २०७८, ०८९ पनि ११ पालिकाका ५६ वटामा गरिएको नमुना परीक्षणमा ५२ प्रतिशतमा कोलीफर्मका किटाणु थियो । ११ पालिकामध्ये सबैभन्दा बढी बिरुवा गाउँपालिकामा ६६ दशमलव ६ प्रतिशत र सबैभन्दा कम पुतलीबजार नगरपालिकामा ३१ दशमलव २५ प्रतिशत कोलीफर्मका मात्रा देखिएका छन् ।

यसैगरी, क्रमशः चापाकोट नगरपालिकामा ६२ दशमलव ६ प्रतिशत, फेदिखोला र हरिनास गाउँपालिकामा ५०÷५० प्रतिशत, भीरकोट नगरपालिकामा ४६ दशमलव १ प्रतिशत, अर्जुनचौपारी गाउँपालिकामा ४० प्रतिशतमा कोलीफर्म देखिएका छन् ।

गल्याङ नगरपालिकामा ३८ प्रतिशत र वालिङ नगरपालिका, आँधीखोला र कालीगण्डकी गाउँपालिकामा पनि सबैमा क्रमशः ३७ दशमलव ५ प्रतिशत नै कोलीपmर्म किटाणु भएको स्वास्थ्य प्रमुख शर्माले बताइन्।

 


Thali Mobile Pvt.Ltd.