भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

पीएम कप क्रिकेट स् सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

पीएम कप क्रिकेट स् सुदूरपश्चिमको छनोट तालिका सार्वजनिक

बैतडी । प्रधानमन्त्री कप पीएम एकदिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनोटको मिति तथा खेल तालिका सार्वजनिक भएको छ । बुधबार नेपाल क्रिकेट सङ्घ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले खेल तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक खेल तालिकाअनुसार पुरुषको मङ्सिर २७ देखि र महिलाको छनोट प्रतियोगिता पुुस ४ गतेदेखि छनोट शुरु हुनेछ । नेपाल क्रिकेट सङ्घका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले पुरुषको छनोट प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगर र महिलाको कैलालीको धनगढीमा सञ्चालन हुने जानकारी दिनुभयो ।  छनोटमा पुरुषतर्फ प्रदेशका आठ टोली तथा महिलातर्फ छ टोली सहभागी हुनेछन् ।

मङ्सिर २७ गते हुुने पुरुषको छनोटको पहिलो खेलमा अछाम र डोटी भिड्ने जनाइएको छ । यस्तै पुस ४ गते हुुने महिलाको छनोटको पहिलो खेलमा कैलाली र डोटी भिड्ने बताइएको छ । उक्त छनोटबाट अगामी पुस दोस्रो सातादेखि सञ्चालन हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि सुुदूरपश्चिमको टोली छनोट हुनेछ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेबाट हुँदैछ । महिलातर्फका खेल दाङमा सञ्चालन हुनेछन् भने पुरुषतर्फका काठमाडौँमा हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ । प्रधानमन्त्री कपमा तीन विभागीयसहित १० टिमको सहभागिता हुनेछ । रासस

 


Thali Mobile Pvt.Ltd.