२७ जेठ २०७७ काठमाडौं । भ्रष्टाचार बढेको, संभावित संक्रमितहरुलाई पीसीआर परीक्षण नगरेको, काेराेना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै युवाहरूकाे टीमले बालुवाटारमा प्रदर्शन गरेको छ ।
नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेकाे भन्दै नारा जुलुस गर्दा प्रहरीले पानीको फोहोरा र लाठी प्नहार गरेकाे छ । प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेकाले पानीको फोहोरा हानेकाे महानगरीय प्रहरी परिसरका डिएसपी राजकुमार केसीले बताए ।
आरडीटी किटबाट भइरहेको परीक्षण बन्द गर्न, पीसीआर प्रविधिबाट परीक्षण गर्न लगायतका माग युवाहरूले परिक्षण नगरी कोरोना संक्रमितलाई समेत घर पठाउने गरेकाेले प्रदर्शनमा उत्रनु परेकाे बताएका छन् । यस्ताे अवस्थामा पनि सरकारले १० अर्ब रुपैयाँ खर्च गरेको भन्ने कुराकाे हिसाब दिनु पर्ने माग समेत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भरतपुर । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी...
जाजरकोट। भूकम्पका कारण जाजरकोट जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जोखिमको...
काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गरेको छ । आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो निषेध गरेको हो । अटेर गरेमा पाँच...