भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

पूर्वी जेरुसेलममा इजरायली प्रहरीले प्यालेस्टिनीको हत्या

पूर्वी जेरुसेलममा इजरायली प्रहरीले प्यालेस्टिनीको हत्या

जेरुसेलम, । इजरायली सुरक्षाबलले सोमबार बिहान पूर्वी जेरुसेलममा अवस्थित एक घरमा छापा मार्ने क्रममा आफ्ना अधिकारीहरूलाई छुरा प्रहार गर्ने एक प्यालेस्टिनी व्यक्तिलाई मारेको बताएको छ । हाम्रा लडाकूहरूलाई छुरा प्रहार गर्ने एक संदिग्ध व्यक्तिलाई पुलिसले गोली प्रहार गरेको छ । मारिएका ती व्यक्ति २१ बर्षीय मोहम्मद अल–शाहम, पहिचान भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जानकारी दिएको छ ।

ती व्यक्तिको इजरायली सैन्य अस्पतालमा मृत्यु भएको जनाइएको छ । जेरुसेलम सीमा प्रहरीले काफ्र अकाब गाउँमा हतियारहरू खोजीका क्रममा छापा मारेको थियो । यो इजरायलले कब्जा गरेको पूर्वी जेरुसेलमको हिस्सा हो । मारिएका व्यक्तिका बुबा, इब्राहिम अल–शाहमले छोराको टाउकोमा गोली हानेको बताएका छन् ।

उनको मृत्युको घोषणा गर्नुअघि ४० मिनेटको लागि भुइँमा रगत बगाएर छोडेका बुबा इब्राहिमले दाबी गरेका छन् । प्रहरीले घरमा हतियार फेला पारेको हो वा होइन यस विषय केही जानकारी नभएको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.