भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

पेरिसमा प्रहरीको गोलीलागेर एक जनाको मृत्युपछि चर्कीयो आन्दोलन

पेरिसमा प्रहरीको गोलीलागेर एक जनाको मृत्युपछि चर्कीयो आन्दोलन

काठमाडौं । फ्रान्सको राजधानी पेरिससहित देशका अधिकांश शहरमा हिंस्रक प्रदर्शन हुँदा एक जनाको मृत्यु भएको छ । प्रदर्शनकारी र प्रहरीबीच भण्डप भएपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको हो । प्रहरीले गोली हानी हत्या गरेको भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि प्रदर्शनले थप उग्ररूप लिएको हो।

हालसम्म २५ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । तर प्रदर्शन भने नथामिएको अधिकारीहरूले जनाएका छन्। निरन्तरको प्रदर्शनका कारण देश अशान्त बनेपछि राष्ट्रपति एम्यानुएल म्याक्रोँले जर्मनी भ्रमण स्थगित गरेका छन्। म्याक्रोँले फ्रान्सका राष्ट्रपतिका तर्फबाट २३ वर्षपछि जर्मनीको राजकीय भ्रमण गर्ने तयारी थियो।

प्रहरीले प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास तथा लाठी प्रयोग गरेको छ। ट्राफिक जाँचका क्रममा १७ वर्षका नाहेल एम नामका युवकमाथि प्रहरीले गोली हानी हत्या गरेको आरोपमा प्रदर्शनकारीले पेरिस, मार्सेलीलगायतका सहरमा निरन्तर प्रदर्शन जारी राखेका छन्।

 


Thali Mobile Pvt.Ltd.