११ असार २०७७ पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध भएपछि प्रहरीले हवाई फायर गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको थियो ।
पोखरा ३२ नजिककै खालि जमिनमा शव गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए। स्थानीयले आफ्नो गाउँठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोडसमेत गरेपछि ८ जनालाई नियन्त्रणमा लिएको छ ।
शव गाड्न डोजरले खाल्डो खन्न लाग्दा स्थानीयले अवरोध गरेपछि ८ राउन्ड हवाई फायर गर्नुपरेको कास्की प्रहरीका प्रवत्ता डीएसपी सुवास हमालले बताए!
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, २७ असार । नेपाली नारीहरूको उत्सव तीज नजिकिँदै गर्दा, सांगीतिक र प्रभावशाली कृति ‘मधु’ सार्वजनिक भएकाे छ । गायिका हरिमाया कार्कीको मौलिक सिर्जनामा तयार भएको गीत हरिमाया कार्की...
सुर्खेत, २७ असार । खण्डकाव्यकार कृष्ण प्रसाद जैसी (रुपाखेती) द्वारा लिखित नयाँ खण्डकाव्य ‘श्रद्धाञ्जली’ को विमोचन वीरेन्द्रनगर, सुर्खेतमा सम्पन्न भएको छ। दैलेखी सेवा समाज, सुर्खेतको आयोजनामा भएको उक्त समारोहमा...
काठमाडौँ, २७ असार । नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशनमार्फत लघुवित्त संस्थाहरूलाई स्थिर ब्याजदर (Fixed Interest Rate) पनि प्रकाशित गर्न अनिवार्य गरेको छ। नयाँ व्यवस्थाअनुसार, अब ग्राहकहरूले कर्जा लिँदा...
काठमाडौँ, २७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन क्षेत्रमा अब खादा, माला तथा संस्थागत चिन्ह झल्किने पोशाक र सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको छ। अध्यागमन कार्यालयले सूचना जारी गर्दै सुरक्षाको...