भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय उडान सुरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, अन्तर्राष्ट्रिय उडान सुरु

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा आइपुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले बताए ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक सय ३० जना यात्रु रहेका छन् ।

चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आउँदो शुक्रवार र शनिवार पोखराको फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ मा सहभागी हुन चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन् ।

जहाज आजै पोखराबाट काठमाण्डौ अवतरण भइ नियमित उडान मार्फत छेन्दु फर्कने बताइएको छ । गएको पुस १७ गतेदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म आन्तरिक उडान मात्रै भइरहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.