काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक प्रतियोगितातर्फको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
निगमको आर्थिक वर्ष २०७९÷०८० को पदपूर्तिका लागि आन्तरिक प्रतियोगितातर्फ लोकसेवा आयोगबाट लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको हो ।
जसअनुसार सुपरिटेन्डेन्ट एएमई, प्रबन्धक, सिभिल इन्जिनियर, सिनियर आईजी इन्जिनियर पदको नतिजा सार्वजनिक भएको हो ।
