प्यूठानकाे मुल्याङ्कन, खानेपानी मन्त्रीमा मणि थापा

प्यूठानकाे मुल्याङ्कन, खानेपानी मन्त्रीमा मणि थापा

काठमाडौं । पार्टी बिभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीपक्षमा लागेका मणि थापा खानेपानी मन्त्री बनेका छन् । यस अघि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी बिना मगरले सम्हालिरहेको मन्त्रालयमा उनलाइ जिम्मेवारी दिइएको हो ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयपछि नेकपामा देखिएको विभाजनका कारण प्रचण्ड र नेपाल पक्षका ७ सांसदहरुले राजीनामा दिएका थिए। मणि थापा २०५१ सालमा नेकपा माओवादीको सशस्त्र संर्घषमा सक्रिय भूमिकामा थिए । सशस्त्र संर्घषमा जनतामा चेतना फैलाउन मणि थापा नाटक, अपेरा, गीत संगितलगायतका साँस्कृतिक दस्तामा काम गर्थे ।

लेखन तथा गीतसङ्गीतमा आफ्नो प्रतिभा देखाएका उनले आधा दर्जन कृतिहरु जनतामाझ आएका छन्। गंगा काबेरी एक्स्प्रेस चिठ्ठी २०४४, फोकल्याण्डको टापुबाट गिती (सङ्ग्रह २०५१), बगिरहेको सुनकोशी (कविता सङ्ग्रह २०५८), गंगा काबेरी एक्स्प्रेसको यात्रा (खण्डकाव्य २०६०) र गाथा (गिती एल्बम २०६०) जनताले औधि मनपराएका छन्।

नेपाली चलचित्रहरु ‘दशगजा’ र ‘भिमदत्त’ मा सङ्गीत भर्नुकासाथै गीतहरु रचना गरेका छन्।नेकपा माओवादी शान्ति प्रक्रियामा आउँनै लाग्दा २०६२ सालको चुनवाङ बैठकमा थापाले पार्टीसँग असहमति प्रकट गरेका थिए । थापाले २०७३ सालमा प्रचण्डसँग एकता गरे । साँसद समेत नरहेका थापा प्रतिनिधिसभा विघटनसँगै नेकपामा विभाजन देखिएका बेला ओली पक्षमा उभिएका उनलाई मन्त्री बन्ने अवसर पाए ।

 


Thali Mobile Pvt.Ltd.