चितवन । प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न चार विभागीय मन्त्रीसहित आज चितवनमा शिलान्यास गर्दै छन् । गोन्द्राङ–नारायणगढ ६ लेन सडक विस्तार तथा भरतपुरमा बन्ने बहुउद्देश्यीय सिटी हल शिलान्यास गर्न प्रधानमन्त्री चितवन पुग्दै छन् ।
ओलीका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर रहेका छन् ।
प्रचण्डको गृह जिल्ला चितवनमा यतिका धेरै मन्त्री एकैपटक पहिलोपटक सहभागि हुदैछन् । प्रधानमन्त्री ओलीले भरतपुर गोन्द्राङ–नारायणगढ ६ लेन सडक शिलान्यास गरे लगतै सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

