प्रचण्डको त्यो प्रतिवेदन, जसले कार्यकर्तामा ल्यायो हलचल !

प्रचण्डको त्यो प्रतिवेदन, जसले कार्यकर्तामा ल्यायो हलचल !

काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले फिर्ता लिन आग्रह गरिएको कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयमा पेश गरेको त्यो प्रतिवेदनले कार्यकर्तामा हलचल ल्याएको छ ।

प्रधानमन्त्रीको सचिवालयले प्रतिवेदन फिर्ता लिन भनिएपछि त्यो प्रतिवेदन कार्यकर्तामा वितरण गरिएको छ । प्रचण्ड पक्षले तयार पारेको उक्त प्रतिवेदन कार्यकर्तामाझ वितरण गरिएको नेकपाका एक नेताले बताएका छन् । ३२ पृष्ठ लामो पुस्तकारमा तयार पारिएको हो । ‘पार्टी एकता र पार्टी निर्माणका आधार’ नाम दिइएर पुस्तककै रुपमा तयार पारिएको छ।

केन्द्रमा विवाद मिलाउन पहल भइरहेका बेला विवादलाई तल्लो तहमा पुर्‍याउने काम भएको हो । यसले समस्या समाधान हुन्छ या झन् समस्या पैदा हुन्छ त्यो भने हेर्न बाकी छ । प्रचण्डले कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई लक्षित गर्दै प्रतिवेदन पेश गरेका थिए । नेकपा सचिवालय बैठक यही मंसिर १३ गते बस्दैछ।

बैठक बस्नु अगाडि नै प्रचण्डलाई प्रतिवेदन फिर्ता लिन लगाउने प्रयास भइरहेका बेला प्रतिवेदनलाई पुस्तकका रुपमा प्रकाशित गरी कार्यकर्तामा वितरण गरिएकोले ओली पक्ष आक्रोसित बनेको छ ।

 


Thali Mobile Pvt.Ltd.