मुम्बई । फिल्ममा जति चर्चामा छन् सलमान खान त्यति नै प्रेम जीवन पनि चचामा छन् । संगीता बिजलानी, सोमी अली, ऐश्वर्या, क्याटरीना कैफ, युलिया बन्तुर लगायतसँग जोडिने निनै हिमचिममा रहेका खान ऐश्वर्यालाई छोड्ने हो भने उनी हरेक सम्बन्धलाई सामान्य रुपमा लिने गर्छन् ।
‘दशका दम’ नाम टिभी शोमा सलमान खानले एक रमाइलो किस्सा सुनाए । उनले भने, ।आफ्नी गर्लफ्रेण्डलाई भेट्न गर्लफ्रेण्डको घर गएका थिए । घरमा ती दुईबाहेक कोही थिएनन् । एक्कासी घरमा युवतीको परिवार आइपुगे । त्यो बेला सलमान खानले लुक्नका लागि ठाउँ खोज्न थाले ।
लगत्तै उनी बेडरुममा भएको आलमारीमा लुके । बल्लतल्ल उनी आलमारीमा लुकेका थिए । सलमान खानका अनुसार आलमारीमा धूलो थियो । उनलाई हाछ्युँ आयो । त्यही हाछ्युँका कारण सलमान खान रंगे हात पक्राउ परे ।
