१७ असार २०७७ काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत पार्टी भित्रैबाट राजीनामा माग भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अहिले आफु निकटकाहरुसँग आन्तरीक छलफलमा जुटेका छन् । एकाबिहानै उनले केही मन्त्री र निकटका स्थायी समिति सदस्यलाई बोलाएर छलफल गरेका छन् ।
आगामी दिनमा कसरी जाने ? कसरी अरुलाई आफुतर्फ केन्द्रीत गर्न सकिन्छ भन्ने विषयमा परामर्श गरेको एक स्थायी समिति सदस्यले बताए । मन्त्री र केही नेताहरुलाई अनौपचारिक छलफल भनेर बोलाएको भन्दै ती नेताले अनौपचारिक छलफल भएको जिकिर गरे । मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका १७ जनाले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै दुवै पदबाट राजीनामा दिन केपी शर्रमा ओलीलाई दबाब दिएका थिए ।
पार्टी बैठकमा चर्को आलोचना खेप्नु परेको प्रधानमन्त्री ओलीले अब नयाँ रणनीतिकासाथ अन्य सदस्यसंग छलफललाई तिब्रता दिएका छन् । बैठक लगतै मुख्यसचिवलाई राष्ट्रपति कार्यालय पठाएका ओलीले आफु निकटका व्यापारीसँग छलफल गरेका थिए । राजीनामा मागेपछि अप्ठेरोमा परेका ओलीले सरकार परिवर्तनको गर्न सक्ने अड्कलवाजीको सुरुवात भएको छ ।
अब ओलीको रणनीति भनेको सेना परिचालन गरेर अघि बढ्ने वा काँग्रेससँग मिलेर सरकार बनाउने रहेको ओली निकटका एक नेताले बताए । यसैबीन नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता गरेको विषयलाई लिएर आज छलफल हुने छ । छलफलमा ओलीको राजीनामा प्रमुख विषय रहेको भन्दै प्रचण्ड निकटका नेताले छलफल गम्भिर हुने बताए । आज बस्ने बैठकमा स्थायी समिति सदस्यले धारणा राखेपछि गतिलै निर्णय हुने नेताको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...