भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोध सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने

प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक प्रस्तावमाथि सांसद प्रेम सुवालको विरोध सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बोलाइएको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

बैठकमा ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालबाट प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने भएको छ ।त्यसपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्ने सम्भावित कार्यसूची छ ।

यता आजको बैठक नेकपा एमालेले चल्न नदिने चेतावनी दिएको छ। एमालेका सचेतक महेश बर्तौलाले सरकारले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबनाएर धोका दिएको भन्दै त्यसको हिसाबकिताब संसदबाटै गरिने चेतावनी दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.