भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

प्रदेशसभा विघटनको पक्षमा छैनौँ : मन्त्री कार्की

प्रदेशसभा विघटनको पक्षमा छैनौँ : मन्त्री कार्की

विराटनगर । प्रदेश नं १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटनका पक्षमा नभएको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार भेटघाटमा उहाँले मुख्यमन्त्रीले प्रदेशसभा विघटन गर्न सक्ने अवस्था भए पनि त्यसो नगरी प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्तावको सामना गरिने दृढता व्यक्त गर्नुभयो ।

आगामी माघ ७ गते प्रदेशसभा बैठक आह्वान भइसकेको जानकारी दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले प्रदेशसभा विघटन गरी प्रदेशका संरचनालाई अस्थिर नबनाइने स्पष्ट गर्नुभयो । उहाँले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव हतारोमा आएको टिप्पणी गर्दै नेकपा कानूनी रुपमा विभाजित नभएको र अविश्वास प्रस्ताव सामान्य कुरा भएको जनाउनुभयो ।

अविश्वास प्रस्ताव रीतपूर्वक पेश भएपछि नेकपाकै अर्का समूहसँग वा नेपाली कांग्रेससँगको सहकार्यमा सरकार गठन गर्ने भन्ने टुङ्गोमा त्यतिबेला नै पुग्ने जनाउँदै मन्त्री कार्कीले केन्द्रदेखि प्राविधिक रुपले पार्टी विभाजन भइसकेकाले तत्काल एकता हुन सक्ने सम्भावना कमजोर रहेको स्पष्ट गर्नुभयो । नेकपाका केन्द्रीय सदस्य कार्कीले वैचारिक नभई पदीय लडाइँका कारण राजनीतिक रुपमा पार्टी विभाजित हुन पुगेको धारणा राख्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.