भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

प्रदेश नं १ मा ४२१ मा कोरोना सङ्क्रमण

प्रदेश नं १ मा ४२१ मा कोरोना सङ्क्रमण

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ९२४ जनाको पीसीआर परीक्षण गर्दा ३०९ र ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा ११२ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४९, मोरङमा ६८, सु्नसरीमा ६७, इलाममा १२, सङ्खुवासभामा पाँच, उदयपुरमा दुई, पाँचथर र तेह्रथुममा एक–एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेशमा आजै ३१२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १५७ महिला र १५५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच महिलासहित १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.