भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि एम्बुलेन्सले जोड्यो हेलम्बुका किसानलाई राजधानीको बजारसँग, ३०० किलो सयपत्री बिक्रीका लागि काठमाडौँमा | हिमपात र चिसो बढेपछि २०० भेडासहित बेसी झर्दै बाजुराका किसान | दरबारमार्गको लिक्विड लाउन्जमा लागेको आगो ८ घण्टापछि नियन्त्रणमा | घोप्टेभीरको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा | भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि |

प्रदेश प्रमुख परियारद्धारा ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक’ प्रमाणीकरण

प्रदेश प्रमुख परियारद्धारा ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक’ प्रमाणीकरण

सुर्खेत । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक’ प्रमाणीकरण गरेका छन् ।

‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’लाई नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन् ।

प्रतिष्ठान विधेयक यही साउन ८ गते कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको २६ औँ बैठकबाट सर्वसम्मतले पारित भएको थियो ।

विधेयक प्रमाणीकरण गरेसँगै उक्त विधेयक ‘कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन, २०८०’ मा रूपान्तरण भएको छ ।

ऐन बनेपछि अब राष्ट्रसेवक सबै कर्मचारीको क्षमता अभिवृद्धि एवं वृत्ति विकासका क्षेत्रमा सहयोग पुग्नेछ ।

अब प्रशिक्षण प्रतिष्ठान ऐन कार्यान्वयनमा लैजान प्रदेश सरकारलाई बाटो खुला भएको छ ।

 


Thali Mobile Pvt.Ltd.