भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

प्रदेश सरकारले दियो रंगशाला निर्माणका लागि ३ करोड

प्रदेश सरकारले दियो रंगशाला निर्माणका लागि ३ करोड

हेटौंडा । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारले तीन करोड रकम हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौंडामा एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुन्जना घिमिरे सुन्तलीलाई ३ करोड रकमको चेक हस्तान्तरण गरेका हुन् ।

मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ गरेको कामको प्रशंसा गर्दै रंगशाला निर्माण तीब्र गतिमा भएकोले खुसी व्यक्त गरे । मुख्यमन्त्री पौडेलले आगामी दिनमा पनि सरकारले सहयोग जारी राख्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा सामाजिक विकास मन्त्री युवराज दुलालको सहभागिता रहेको थियो ।

रंगशाला निर्माणका लागि यसअघि हेटौंडा उपमहानगरपालिकाले ३० लाख, भरतपुर महानगरपालिकाले ५० लाख सहयोग गरेका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.