भर्खरै : Sorry, your browser does not support inline SVG.
एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण | महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा सम्बन्धी ८ वर्षअघिको निर्णय उल्ट्याइयो |

जाजरकोटमा जिप दुर्घटना,वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना,वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोट । जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे १ ज ९३५ नम्बरको जिप बुधबार गाउँपालिका १ औलखोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही, वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेका छन् ।

बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको डीएसपी किशोर श्रेष्ठले बताए । जिप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको थियो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.