भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित | भोटेकोशी बाढीपछि पर्यटकमा अन्योल : ‘प्रभावित क्षेत्रबाहेक नेपालका धेरै गन्तव्य सुरक्षित छन्’ | सुदूरपश्चिममा आजदेखि गौरा पर्व विधिवत् रूपमा सुरु | भोटेकोशी बाढीको सातौँ दिन : सुरुङमा फसेकाको उद्धार प्रयास जारी, ३ हजार ९२५ अझै सम्पर्कविहीन | भोटेकोशी बाढी : ११ हजार ३७९ जनाको उद्धार, ३ हजार ९२५ अझै सम्पर्कविहीन |

प्रमुख प्रजापति र प्रमुख महर्जनबीच भेटघाट

प्रमुख प्रजापति र प्रमुख महर्जनबीच भेटघाट

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच भेटवार्ता भएको छ । बुधबार भक्तपुर नपाको सभाकक्षमा भएको भेटमा नगर प्रमुख प्रजापतिले प्रमुख महर्जनलाई खादा र भादगाउँले टोपी लगाएर स्वागत गरेका हुन ।

भेटमा दुई प्रमुखबीच नगरपालिकाको नीति तथा कार्यक्रम र भावी योजना र विकासहरुबारे छलफल भएको थियो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नपाका वडाहरूले प्रत्येक एक वर्षमा करिब १० वटा सम्पदा पुनःनिर्माण गर्ने नीति ल्याएको बताउँदै नपाले रचनात्मक गतिविधिमा बढी जोड दिँदै आएको जानकारी दिए ।

भक्तपुर नपाले हनुमानघाटमा सुधारिएको शवदाह गृह निर्माण गरी सञ्चालनमा समेत ल्याइसकेको बताउँदै ख्वप टेलिभिजन सञ्चालन गर्न आवश्यक तयारीमा जुटेको बताए । ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणमा भक्तपुर नपा अग्रस्थानमा रहेको उल्लेख गर्नुहुँदै सांस्कृतिक र पर्यटकीय नगरको संरक्षणमा ललितपुर महानपाले विशष कार्यक्रमहरुलाई अगाडि सार्दै आइरहेको बताए ।

ललितपुर महानपाभित्र रहेका ऐलानी, पर्ती, सरकारी र सार्वजनिक जग्गाहरु कुनै पनि प्रयोजनको लागि प्रयोग गर्न नदिएको प्रष्ट पार्दै ती जग्गाहरु खुल्ला रुपमै कायम गर्न महानपाले आवश्यक पहल गरिरहेको जानकारी दिए ।
भेटमा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला, भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, प्रशासकीय अधिकृत दामोदर सुवालको पनि उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.