१७ साउन २०७७ काठमाण्डौ । तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस लिएको आरोपमा पक्राउ गरेको हो । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई काठमाडौंको नागढुंगाबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उपाध्यायसाथबाट अख्तियारको टोलीले एक लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको रसिद बरामद गरेको छ ।
