काठमाडौं । अनियमितता गरेको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक (एसपी) र एक इन्स्पेक्टरलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादव तथा इन्स्पेक्टर मेघराज चौरसियालाई गृहले निलम्बन गरेको हो । कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरूलाई गृहले निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले जानकारी दिए।निलम्बन गरेर उनीहरूमाथि विभागीय कारबाही गर्न लागिएको हो ।
आफूमातहतका प्रहरी कार्यालयबाट मासिक रूपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थियो ।
