काठमाडौं । गाँजालाई कडा प्रकृतिको लागु औषधको सूचिबाट हटाउने पक्षमा नेपालले संयुक्त राष्ट्रसंघमा मतदान गरेको छ । लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित तीन दर्जन मुलुकले विपक्षमा मतदान गरेका हुन् ।
पछिल्लो समय नेपालमा गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग उठिरहेको छ । नेपाल सरकारले गाँजा सेवन र यसको कारोबारलाई प्रतिबन्ध लगाएको छ । तर यो खुल्ला हुनु पर्ने बहस पनि चल्न थालेको छ । कयौं व्यक्तिहरु यसको कारोवारमा पक्राउ पनि परिरहेका छन् ।
