भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

पौडेलको संयोजकत्वमा सूचना सञ्जाल

पौडेलको संयोजकत्वमा सूचना सञ्जाल

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकामा यज्ञराज पौडेलको संयोजकत्वमा सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल गठन भएको छ । बुधबार गठित सञ्जालका सहसंयोजकमा निर्मला अधिकारी र सदस्य सचिवमा बाबुराम भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यमा छविराज पौडेल, टङ्कराज पौडेल, सुन्दर सुवेदी, अनुप पौडेल र मधु सुवेदी रहनुभएको छ ।

नवगठित सञ्जालका पदाधिकारीलाई शुभकामना दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले सूचना सञ्जालले स्थानीय तहलाई अझ मजबुज बनाउने विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका सूचना अधिकारी बलराम भुगाईँले सूचना माग्नु नागरिकको अधिकार भएको जनाउँदै निर्धक्कताका साथ आवश्यक सूचना मागेमा सदैव सही सूचना दिन गाउँपालिका तयार रहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सूचना सञ्जाल गण्डकी प्रदेशका संयोजक दीपक आचार्य, कास्की जिल्ला संयोजक यदुनाथ बञ्जारा, पोखरा महानगर सञ्जालका सदस्य पदम श्रेष्ठलगायतले संविधानप्रदत्त सूचनाको हकको उपयोगका लागि प्रत्येक सर्वसाधारण जागरुक बन्नुपर्ने धारणा राख्नुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.