भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना | पर्यटकीय क्षेत्र फालोटमा विद्युत् र इन्टरनेटको समस्या | विद्युतीय चुलोको प्रयोग बढाउने प्रस्ताव, ऊर्जा खपत वृद्धि रणनीति मस्यौदा तयार | गैह्रीगाउँमा डोजर र स्काभेटर, सुकुम्बासी बस्तीका घरटहरा धमाधम भत्काइँदै | इन्धन र डलरको असर: तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि | वीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध, रोशी खोलाको बाढीले डाइभर्सन बगायो | तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन |

प्रहरी हिरासतभित्रै वृद्धाको मृत्यु

प्रहरी हिरासतभित्रै वृद्धाको मृत्यु

बझाङ, । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका–२ की ७७ वर्षीया विष्णादेवी रावल हिरासत कक्षमै बेहोस भएपछि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज बिहान एक्कासि बेहोस भएकी रावललाई जिल्ला अस्पताल सिमखेत लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर बिष्टले बताए ।

उनका अनुसार बिहान चिया खाने क्रममा रावल बेहोस भएकी थिइन् । उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । रावल र उनका छोरा जयबहादुर कर्तव्य ज्यान मुद्दामा गत कात्तिक २० गतेदेखि प्रहरी हिरासतमा थिए । जयबहादुरकी श्रीमती कात्तिक ७ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनका माइती पक्षले आमाछोरा मिलेर हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.