काठमाडौं । अविरल वर्षातका कारण देशका विभिन्न ठाउँमा आएको प्राकृतिक विपत्तिले धनजनको क्षेती भएको छ । विपदको यस घडीमा प्रभावित जनसमुदायलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अखिल नेपाल किसान महासंघले माग गरेको छ ।
पीडितलाई यथोचित गास, बास, कपास, तथा औषधीउपचार गर्न सूझाव अखिल नेपाल किसान महासंघले माग गरेको छ । एक विज्ञप्ती सार्वजनिक गरी वेपत्ता नागरिकहरुको यथासिघ्र खोजीका लागि संघिय, प्रदेश र स्थानीय सरकार लगायत सम्पूर्ण सरोकारवाला निकायहरुसंग अखिल नेपाल किसान महासंघले अपिल गरेको हाे ।
महासंघका अध्यक्ष डा.प्रेम दंगालद्धारा हस्ताक्षेरित विज्ञप्तीमा विपत्तिबाट भएको वास्तविक क्षतिको तथ्याङ्क संकलन गरी राहतको प्रभावकारी प्रवन्ध गर्न र जनजीवनलाइ सहज बनाउन तीनै तहका सरकारसंग जोडदार माग गरिएको छ ।
हेर्नुहाेस् यस्ताे छ कुरा…

