भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

फाइजर खोप अभियान सुरु, दीर्घरोगीलाई दिइँदै

फाइजर खोप अभियान सुरु, दीर्घरोगीलाई दिइँदै

काठमाडौं । सरकारले आज देखि फाइजर बायोएनटेक खोप अभियान सुरु गर्दै छ। कोरोनाविरुद्धको यो खोप १२ देखि १७ वर्ष उमेर समूहका दीर्घरोगबाट पीडित किशोर किशोरीलाई दिन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खोप १२ वर्षभन्दा माथिको जनसङ्ख्यालाई मात्र दिन मिल्ने भएकाले त्यही उमेर समूहलाई मात्र लगाउन लागिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर दाहालले बताए। त्यसमा आठ प्रकारका दीर्घ रोगका बिरामीहरूलाई प्राथमिकतामा राखिएको छ ।

यो खोप मुटुको बिरामी भइ अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका, मिर्गौलाको समस्या भएका, मिर्गौला फेरेका, डायलासिस गराइरहेका, औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यानसरको पहिचान भइ उपचारमा रहेका, फोक्सोको बिरामी भएर औषधि सेवन गरिरहेका, अङ्ग प्रत्यारोपण गरेका, उच्च रक्तचाप वा मधुमेह भइ चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोग प्रतिरोधात्मक क्षमता कम भएका र मस्तिष्क वा मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका दीर्घरोगीहरूलाई लगाउने तयारी छ।

पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म लगाइनेछ। देशभरका २४ अस्पतालमा गएर यो खोप लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो खोप दीर्घ रोग भएका तथा उपचार गराइरहेको पुर्जा, उमेर खुल्ने प्रमाणपत्र देखाएपछि लगाउन पाइनेछ।

खोप लगाउने अस्पताल हुरुः


बाँकीलाई ५ देखि ७ मंसिरसम्म यो खोप दिइने छ। पहिलो मात्रा लगाएको २१ देखि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.