भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बझाङ्गी महिला जसको सक्रियतामा घरघरमा खानेपानी

बझाङ्गी महिला जसको सक्रियतामा घरघरमा खानेपानी

बझाङ । छबिसपाथिभेरा गाउँपालिका–७ खोरी गाउँका स्थानीय घरमा खानेपानी आउँदा छक्क परेकामात्रै छैनन्, खुशीले गदगद भएका छन् । खानेपानीको अभावमा खोलाको फोहोर पानी पिउन विवस स्थानीय अहिले घर घरमा स्वच्छ खानेपानीको आउँदा खुशीभएका हुन् ।

खानेपानीका धारासंगै गाउँमा सरसफाइमा समेत गरिएको छ । फोहोर खानेपानीका विरुद्ध खोरीका महिलाहरु एक जुट भई स्वच्छ पीउँने पानीका लागि अग्रसर भएर धारा निर्माणमा जुटेपछि अहिले गाउँको मुहार फेरिएको छ । करिब रु ८४ लाख बराबरको खानेपानी निर्माणको काम उनीहरुले पुरा गरेको बताएकी छन् ।

महिला जागरुक भए जस्तोसुकै काम पनि सहजै सम्पन्न गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छडोखोला खोरी खानेपानी सरसफाइ योजना उपभोक्ता समितिका सहसचिव बसन्ती बुढाले नयाँ विकल्पलाई बताइन् । महिलाको सक्रियतामा योजना सम्पन्न गरेसँगै समाजमा महिला भनेर हेप्नेहरुको घैटोमा घाम लागेको उनको भनाइ छ ।

गाउँमा कुनै योजना आउँदा उपभोक्ता समितिमा पुरुषहरुमात्रै रहने गरेको यस अधिको हैकम तोड्दै अहिले महिलाहरु आफै जुट्न थालेको समितिका अध्यक्ष सुनिता बुढाले बताइन् । गाउँमा एक घर एक धारा निर्माण भएको भन्दै स्थानीय काली देवि बोहोराले खुशी व्यक्त गरिन् ।

घरमै धारो आउला भन्ने कल्पनासम्म नगरेको उनको भनाइ छ । छबिसपाथीभेरा गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा गाउँमा खानेपानी योजना सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताए ।

धामीका अनुसार पछिल्लो समय योजना तथा पूर्वाधार निर्माण, सरसफाइ, जनचेतना अभिवृद्धि लगायतका काममा बझाङका महिलाहरु सक्रियता पूर्वक लागेका छन् ।

 


Thali Mobile Pvt.Ltd.