भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

राहतका पर्खाइमा बाँकेका किसान

राहतका पर्खाइमा बाँकेका किसान

बाँके । कात्तिक पहिलो साता परेको बेमौसमी वर्षात्ले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसान राहतका पर्खाइमा बसेका छन् । उनीहरुले परालसमेत काम नलाग्ने भएपछि अहिले खेतमै जलाईदिएका छन् । पानीले डुबाएर धानसँगै परालसमेत गाईवस्तुले खान नमिल्ने अवस्थाको भएपछि खेतमै जलाइदिएको जानकी गाउँपालिका–५ बेलहरीका किसान रमेश बर्माले जानकारीदिनुभयो ।

उहाँका अनुसार कुहिएको पराल घरमा ल्याउने कष्ट नगरी खेतमै जलाइदिएपछि मल हुन्छ भन्ने बुझाइमा धेरै किसानले खेतमै परालमा आगो लगाएका छन् । बेमौसमी वर्षात्का कारण धानबालीमा क्षति भएका कारण राहतका लागि क्षतिको विवरण वडा कार्यालय हुँदै गाउँपालिका कार्यालय कृषि शाखामा किसानले बुझाएका छन् । तर अहिलेसम्म राहत नपाउँदा किसान निरास हुँदै गएका छन् ।

गत कात्तिक पहिलो साता केही दिनको लगातार पानीले काटेको र काट्न ठिक्क परेको धानमा ठूलो क्षति पु¥याएको थियो । किसानको वर्षभरि खाने धानबाली नष्ट हुँदा सरकारले उनीहरुलाई उचित क्षतिपूर्तिका लागि अहिलेसम्म खासै केही गर्न नसकेको खजुराका किसान गेहेन्द्र धितालले जानकारीदिनुभयो । सरकारले किसानलाई राहतका लागि मापदण्ड बनाएर प्रक्रिया अघि बढाएको सुनिए पनि अहिलेसम्म पीडित किसानले केही नपाएको उहाँको भनाइ छ ।

बेमौसमी वर्षाले जिल्लामा २० हेक्टरमा लगाएको ८५ हजार मेट्रिक टन बढी धानमा क्षति पुगेको जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित किसानलाई राहतका लागि अहिलेसम्म कागजात मिलाउने काम भइरहेको छ । जिल्लामा ३६ हजार ५०० हेक्टरमा धानखेती हुने गर्दछ । योे तथ्याङ्क हेर्दा आधा बढी धानबालीमा क्षति पुगेको छ । यो क्षति रु एक अर्ब ९७ करोड बराबर हुन्छ ।

यस वर्ष समयमा पानी परेको र सिक्टा नहरबाट पनि पानी छोडिएकाले बाँकेमा राम्रो धान फलेको थियो । धानबालीमा आत्मनिर्भर रहेका जिल्लामा कात्तिकको पहिलो साता परेको अविरल वर्षाले ठूलो नोक्सानी पु¥याएको छ । कृषि ज्ञान केन्द्रले धानको क्षति एकिन गरे पनि परालको क्षति सङ्कलन नै गरेको छैन ।

 


Thali Mobile Pvt.Ltd.