बञ्चरेडाँडाका स्थानीय किन बन्छन हरेक पटक आक्रोशित

बञ्चरेडाँडाका स्थानीय किन बन्छन हरेक पटक आक्रोशित

काठमाडौं । धादिङको बन्चरेडाँडाका स्थानीय फेरी आन्दोलित भएका छन् । उपत्यकाको ल्याण्डफिल साइटबारे आफूहरुसँगको सम्झौता कार्यान्वयन नभएको यहाँका स्थानीय आन्दोलित भएका हुन । काठमाडौं महानगरपालिका र शहरी विकास मन्त्रालयसँग स्थानीयले पटक–पटक सम्झौता गर्दै आएपनि उनीहरूका माग सम्बोधन हुन नसकेको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका हुन ।

काठमाडौंका सडकभरी फोहोर थुप्रिन थालेपछि मात्रै काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण हुने गरेको स्थानीयवासीले बताएका छन् । फोहोर व्यवस्थापनमा चरम लापरबाही भएको भन्दै उनीहरूले अझै आन्दोलनको गर्ने चेतावनी दिइरहेका छन् । गत जेठमा फोहोर व्यवस्थापनको विवाद उत्कर्षमा पुगेको थियो । त्यतिबेला बन्चरेडाँडामा स्थानीय र प्रहरीबीच दैनिकजसो झडप हुने गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.