भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

बडिमालिका नगरपालिका वार्ड न.७ मा कालाजग्रा फनपार्क बन्दै

बडिमालिका नगरपालिका वार्ड न.७ मा कालाजग्रा फनपार्क बन्दै

देबराज पाध्याय, बाजुरा माघ । बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वाड न. ७ को ढम्कनेमा कालाजग्रा फनपार्क बन्ने भएको छ । उक्त फनपार्कको सोमबार एक कार्यक्रमकाबीच शिलान्यास गरीएको छ । फनपार्क करिब सात करोडको लागतमा निर्माण गरिने बडिमालिका नगरपालिका वाड न. ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले जानकारी दिए ।

फनपार्कको निर्माणकार्यको जिम्मा प्याराटाईज आवरण जे.भि चितवन संग ठेका सम्झौता भएको ठेकेदार कम्पनीका प्रतिनिधि दिपक पाठकले बताए । सो फनपार्क निमार्णको लागि ने.क.पा.एमाले केन्द्रिय सदस्य बाजुरा जिल्ला इन्चार्ज प्रतिनिधि सभासदस्य लाल बहादुर थापाको बिषेश पहलकदमा बाजुराको बडिमालिका नगरपालिका वार्ड न. सात को ढम्कनेमा निर्माण हुनलागेको वडा अध्यक्ष पाध्यायको भनाई छ । फनपार्क निर्माण कार्यको लागी नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरीक उड््यन मन्त्रालय र बडिमालिका नगरपालिकाको संयुक्त लगानीमा निर्माण हुनलागेको जनाइएको छ ।

बडिमालिका नगरपालिका नगरपालिका वाड न. सात को श्री सरस्वती आधारभुत बिध्यालयको पछाडीसगै जोडियको उक्त पनपार्क करिब २२ रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । स्थानिय राम बहादुर धामिले यहाँका जनताको केही स्तरोन्ती हुनेमा आफू आशावादी भएको बताए । आन्तरीक तथा बाह्य प्रयटक समेत भित्याउन सकिने कुरा अर्का युवा बल बहादुर रोकायले बतायए । उनले यस क्षेत्र को आन्तरीक तथा बाह्य प्रयटन प्रर्बदन गर्ने हेतुले यस फनपार्कलाई अति महत्वपुर्ण योजनाको रुपमालिएको बताए ।

यो पनपार्क पर्यटकीय हिसाबले नजिकैमा रहेको कालाजग्रा धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन हुनुका साथै मार्तडी र कोल्टीको बिचमा रहेकाले अवलोकन गर्न सकिने जनाइएको छ । गौमुलगाँउपालिका अध्यक्ष हरी रोकायाले बतायका छन् । यस फनपार्क यस बडिमालिका नगरपालिकाको उत्कृट योजना भयकोले यसलाई हामिले सहि सदुपयोग गरी यसबाट यहाँका स्थानियले नाफालिने गरी यसलाई अगाडी बडाउन आफू तत्पर समेत रहेको उनको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.