भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

बडिमालिका ७ मा फोर जी सेवा, स्थानीय खुसी

बडिमालिका ७ मा फोर जी सेवा, स्थानीय खुसी

देबराज पाध्याय /बाजुरा । बडिमालिका वडा न ७ मा नेपाल टेलीकमको फोर जी सेवा सहितको टावर निर्माण हुने भएको छ ।

सदरमुकाम समेत रहेको सो वडामा हाल फोन सेवा नभएकोले टेलीकमले टावर निर्माण गरी सेवा बिस्तार गर्ने बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । वडा न ७ मा फोन नेटवर्क नभएको अबस्थामा त्यहाँका जनताको मागलाई सम्बोद्धन गर्दै बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको पहलमा सो टावर निर्माण गरिने भएको हो ।

माउलेख गाउँमा रहेको गौरी धामीको ५ सय १९ नम्मर कित्ता जग्गा नेपाल टेलीकमले लिजमा लिन सम्झौता भईसकेको र अबको २ महिनामा टावर निर्माण गरी सेवा बिस्तार गरिने नेपाल टेलीकमका लेखापाल मान बहादुर रोकायाले बताए । गौरी धामीको १६ हजार ७ सय ५० बर्गमिटर जमिनमा काम सुरु गरिने वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

दुर्गम जस्तो रहेको वडा न ७ मा नेपाल टेलिकमको सेवा पाउने भएपछि जिल्ली चुथी सिराडी रजातोली, ढम्कनेका स्थानीयहरु खुसी भएका छन ।

 


Thali Mobile Pvt.Ltd.