भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

बन्दुकको चेपुवामा परेका द्वन्द्व पीडित शिक्षकले अदालतबाट पाए न्याय

बन्दुकको चेपुवामा परेका द्वन्द्व पीडित शिक्षकले अदालतबाट पाए न्याय

काठमाडौं । द्वन्द्वकालमा राज्य र तत्कालीन विद्रोही माओवादी पक्षबाट दोहोरो बन्दुकको चेपुवामा परेका पीडित २५ जना शिक्षकलाई सर्वोच्चको फैसलाले राहत दिएको छ । द्वन्द्वका कारण विस्थापित शिक्षकलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले सरकारको नाममा परमादेश दिएपछि उनीहरुले न्याय पाएका हुन ।

जागिरबाट विस्थापित भएको मितिदेखि हालसम्मको तलवभत्ता, सञ्चयकोषलगायतको सबै सुविधा पाउने बाटो खुलेको हो । २५ जना शिक्षकहरु कालिकोटका सर्पराज सिंह (द्वन्द्व पीडित शिक्षक केन्द्रीय संघर्ष समिति अध्यक्ष), सोलुखुम्बुका प्रेमकुमार गुरुङ, भोजपुरकी कमला राई तिमल्सेना, दैलेखका एकेन्द्रबहादुर पन्त, लछीराम शर्मा ढकाल, जाजरकोटका धनबहादुर बुढा,

डोल्पाका कर्णबहादुर शाही, रामलाल विश्वकर्मा, मनराज रोकाया, काभ्रेका भरतकुमार ढुंगाना, सलामसिंह लामा, गोरखाका परशुराम भट्ट, कालिकोटकी जगदिश्वरी शाही, तुलाराज बमलगायत शिक्षकलाई लामो समयपछि राहत मिलेको छ ।

पुनर्बहालीको मागसहित पीडित शिक्षकहरुले रिट दिएका थिए । द्वन्द्वका कारण जागीर गुमाएका उनीहरूले २०७१ सालमा सर्वोच्चको न्यायका निम्ति घचघच्याएका थिए । २०६३ सालमा तत्कालीन राज्य पक्ष र विद्रोही माओवादी पक्षबीच विस्तृत शान्ति–सम्झौता भएपछि पनि पुनर्वहाली नभएपछि पीडित शिक्षकहरुले सर्वोच्च अदालत धाउनुपरेको थियो ।

अदालतको फैसला र पीडित शिक्षकका बारेमा कैलाश खबर एचडिमा हामीले शिक्षक सर्पराज सिंहसंग कुरा गरेका छौं ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…..

 


Thali Mobile Pvt.Ltd.