भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

बन्द प्रशिक्षणमा सन्दीप

बन्द प्रशिक्षणमा सन्दीप

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परी रिहा भएका क्रिकेटर सन्दीप लामिछाने बन्द प्रशिक्षणमा बस्ने भएका छन् ।

राष्ट्रिय क्रिकेट टोलीले उनलाई प्रशिक्षणमा बोलाएको हो । हिजो बन्द प्रशिक्षणमा सहभागी हुन भनिए पछि लामिछाने त्रिवि मैदानमा पुगेका थिए ।

बिहीबार बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएको क्रिकेट संघका कर्मचारीले बताए ।

नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुने भएका हुन् ।

नेपालले आगामी महिना आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ ।

 


Thali Mobile Pvt.Ltd.