भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

बसको ठक्करबाट विद्यार्थीको मृत्यु

बेदकोट । बसको ठक्करबाट कञ्चनपुरमा एक जना विद्यार्थीको मृत्यु भएको छ । आज बिहान पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सुडामा ना७ख ६५२१ नंको बसले साइकलयात्री विद्यार्थीलाई ठक्कर दिएको थियो ।बसको ठक्करबाट बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगरबाट दार्चुला गइरहेको बसले ठक्कर दिएको हो । बसचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु भएका बैज महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन गर्थे । घर सिसैयाबाट साइकलमार्फत कलेज आइरहेका उनी दुर्घटनामा परेका थिए । घटनाको विरोधमा आक्रोशित स्थानीयवासीले अहिले पूर्व–पश्चिम राजमार्ग बन्द गराएका छन् । प्रहरीले आवागमन सहज बनाउने प्रयास गरिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.