भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह | भोटेकोशी बाढीको भयावह विवरण : ७३४ शव फेला, २ हजार ४८९ जना अझै बेपत्ता | त्रिशूलीको बाढीले कृष्णभिरमा सडक कटान, काठमाडौं–मुग्लिन सडक पूर्णरुपमा बन्द | केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद |

बागलुङको ताराखोलाको बाढीमा बाढि र पहिरोको वितण्डा

बागलुङको ताराखोलाको बाढीमा बाढि र पहिरोको वितण्डा

बागलुङ । बाढि र पहिरोका कारण बागलुङको ताराखोलाको एक जना बेपत्ता भएका छन् । निरन्तर वर्षाका कारण बागलुङको ताराखोला गाउँपालिका घुस्मेलीका १८ वर्षीय राजेन्द्र कार्की बेपत्ता भएका हुन । बाढीले स्थानीय चन्द्र कार्कीको ४१ वटा बाख्रा पुरेको छ । जस मध्ये अहिलेसम्म १० वटा जिवित र २७ वटा मृत बाख्रा निकालिएको प्रहरीले जनाएको छ ।

बागलुङको ताराखोलाको बाढीमा परि एक जना बेपत्ता, पहिरोमा पुरिएर २७ बाख्रा मरे, घुस्मेली बजार जोखिममा बजार क्षेत्रका करिब २५ घर परिवारलाई रातिनै सुरक्षित स्थानमा सारिएको जनाइएको छ । वर्षाका कारण इदि टोलबाट झरेको पहिरो र बाढीले स्थानीय ध्रुव खत्रीले संचालन गरेको रेष्टुरेन्ट समेत बगाएको छ । बाढी संगै खोलामा पानीको बहाब बढेर घुस्मेलि बजार क्षेत्रमा पस्न थालेको स्थानीयको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.