काठमाण्डौ । देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण एक महिनामा एक सय आठ जनाको ज्यान गएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार गएको जेठ २८ गतेदेखि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरोलगायत विपदमा परेर एक सय आठ जनाको ज्यान गएको हो । ज्यान जानेमा काठमाण्डौ उपत्यकामा दुई जना, कोशी प्रदेशमा १९ जना, मधेस प्रदेशमा ५ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना रहेका छन् ।
यस्तै एक सय १९ जना घाइते भएका छन् । बाढीको कारण एक सय ८२ घर डुबानमा परेको प्रहरीले जनाएको छ । यस्तै दुई सय तीन वटा घर, ७५ वटा गोठ, ४१ वटा पुल, एक वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । यस अवधिमा विपद्का घटनाबाट तीन हजार पाँच सय ५२ घर परिवार विस्थापित भएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, २६ असार । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मिर्गौला, मुटु, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकल सेल एनिमिया गरी आठ जटिल रोगका बिरामीलाई उपचारमा थप एक लाख...
भक्तपुर, २५ असार । सुर्यविनायक नगरपालिकाको जामुनीमा अवस्थित सुर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारले ५० शैयाको अस्पतालको रूपमा सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय, हेटौंडाबाट...
काठमाडौं, २५ असार । नेपाल चिकित्सक सङ्घ र सरकारले हिजो साँझ तीन बुँदे सहमति गरेपछि चिकित्सक सङ्घले आह्वान गरेका सबै आन्दोलन स्थगित भएका छन्। यसपछि आजदेखि देशभरिका अस्पतालमा सेवा...
काठमाडौं, २४ असार । देशका विभिन्न क्षेत्रमा पछिल्लो केही घण्टादेखि व्यापक वर्षा भइरहेको र अझै निरन्तर वर्षा हुने सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन...