भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

बाढीले डुव्यो चामे बजार

बाढीले डुव्यो चामे बजार

मनाङ । वर्षासँगै आएको बाढीले हिमाली जिल्ला मनाङको तालगाउँ र चामे बजार डुबानमा परेको छ । नासों गाउँपालिका १ मा पर्ने तालगाउँ सोमबारदेखिको लगातारको वर्षाका कारण मर्स्याङ्दी नदीको बाढी आएर डुबानमा परेको हो ।

ताल गाउँका ६० घरमध्ये ३० घर डुबानमा परिसकेको स्थानीयले बताए । बाँकी घर जोखिममा परेका छन् । स्थानीय घर छाडेर सुरक्षित ठाँउमा बसेकाले मानवीय क्षति नभएको मनाङका प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले बताए ।

तालगाउँ र चामे बजारका स्थानीय अहिले सुरक्षित ठाउँमा वस्तीको कुना क्षेत्र, पानी नभएको ठाउँमा बसेको लामिछानेले बताए । बहाव बढ्दै जाँदा पानी थुनिएर वस्ती माथि डुबाउँदै आएको स्थानीयको भनाइ छ । उक्त क्षेत्रमा प्रहरी खटिसकेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए ।

 


Thali Mobile Pvt.Ltd.