१७ असार २०७७ साताला । आठबीस नगरपालिका वडा न. १ सात्तला दैलेखको चिनेज्यूँला फाँटमा आएको बाढीले ठूलो क्षेती पुगेको छ । उर्वर खेतलाइए बगरमा परिणत गरेको छ भने सात घरमा क्षेति पुग्दा स्थानीय पीडित बनेका छन् । धान उत्पादनका लागि प्रख्यात खेतमा चिनेखोलामा आएको बाढीले बगर बनाई दिएको छ ।
आइतबार रातीदेखि परेको अविरल वर्षातका कारण आएको बाढीले खेत कटान गरेपछि सयौं बिगाहाको खेती बगाएको किसानले बताएका छन् । उक्त क्षेत्रमा धेरै किसानले रोपाइँ सकाइसकेको झुजका स्थानीय रिर्पोटर कासिराम विकले बताए । बर्षभरी पुग्ने चामल उत्पादन हुने खेत बाढीले बगाएपछि अब भोकमरीले सताउने किसानले दुखेसो पोखेका छन् ।
बाढीले धान खेत बगर बनाएपछि गुजारा कसरी चलाउने भन्ने चटारोले सताएका किसानको क्षेती कति ग¥यो भनेर वडाका जनप्रतिनिधि पर्बसिह विकले निरीक्षण गरेको उनले जानकारी दिए । स्थानीय प्रशासन भने टाढा भएका कारण आउन नसकेको उनको भनाई छ ।
झुझ हुँदै ठाटीकाँध गाउँपालिकाको केन्द्र जोड्ने कच्ची सडक र मध्यपहाडी राजमार्गबाटसडकको भेल समेत सोहि खेतमा गएको हुदा खोली बजारका ७ वटा घरहरु पूर्ण रुपमा क्षति भएको विकले जानकारी दिए । गुजारा गर्नकालागि त्यहँ केही पसल रहेको भन्दै ती पसलका सामान पनि बगाएको कासिरामको भनाई छ ।
बाढीले ३० लाखको लागतमा निर्माणाधिन तटबन्ध बगाएको वडा नं १ का वडाध्यक्ष पर्वसिह विश्वकर्माले बताए । जिल्ला कृषि विकास कार्यालयद्धारा निर्माणाधिन अवस्थामा रहेको ७५ लाखको सिंचाइ कुलोमा समेत बाढीले क्षेती पुगाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, वैशाख १३ – हेटौँडाबाट ठिंगन हुँदै काठमाडौँ जोड्ने प्रमुख वैकल्पिक सडकमार्ग कान्ति लोकपथ वैशाख १८ गतेदेखि दैनिक ६ घण्टाका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका...
काठमाडौँ । देशका मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा आज पनि तातो लहर (हिट वेभ) कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्ला केही दिनदेखि ती क्षेत्रहरूमा अधिकतम तापक्रम...
भक्तपुर । भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको आयोजना गरेको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा पत्रकारहरूले स्वास्थ्य र समुदायसँग सम्बन्धित विभिन्न मुद्दामा छलफल गर्दै, जनस्वास्थ्य क्षेत्रमा भएका...
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज तराई–मधेशका अधिकांश जिल्लामा अत्यधिक गर्मीको सम्भावना रहेको जानकारी दिएको छ। लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने अनुमान गरिएको छ, जसले गर्मीलाई...