भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

कांग्रेस बैठकमा हात हालाहालको स्थिति किन ?

कांग्रेस बैठकमा हात हालाहालको स्थिति किन ?

१८ असार २०७७ काठमाडौं । नागरिकताको विषयमा कांग्रेसभित्र पहाड र मधेशका नेताको लाइन नमिलेकोले विवाद सुरू भएकाे छ । नेपाली पुरुषसँग विवाह गरेर आएका विदेशी महिलालाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने विधेयकको दफावार छलफलका लागि यो विधेयक संसदको आगामी बैठकमा प्रस्तुत गर्ने तयारीमा सभामुख अग्निप्रसाद सापकोटा जुटेका छन् ।

यहि विधेयकका बारेमा छलफलमा जुटेकाे नेपाली कांग्रेसका नेताहरूले कस्तो निर्णय गर्छन् भनेर चासाे बढिरहेका बेला कांग्रेस भित्रकाे विवाद चुलिएकाे छ । केही नेताहरूले अंगीकृत नागरिकता वितरणमा समयसीमा नै राख्न नहुने बताएका छन्‌ भने सभापति शेरबहादुर देउवा अरूनेताकाे धारणा विपरित छन् ।

आफ्नै निवास बुढानीलकण्ठमा नेताहरु गगन थापा, दिलेन्द्र बडू लगायतसँग नागरिकता विधेयकबारे छलफल गरेका देउवाले ठ्याक्कै विपरीत धारणा ट्वीट गरेपछि मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु ७ घण्टाबढी छलफलकाे रसाकसीमा जुटे ।

छलफलमा विमलेन्द्र निधिलगाएतका हाबी भएपछि नागरिकता विधेयक फिर्ता हुनुपर्ने निचोड निकाल्यो । उपसभापति निधिको प्रस्तावलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले समर्थन गरे उक्त समर्थनलाइ देउवा घुर्कीकाे रूपमा ग्रहण गरे ।  देउवाले पार्टीकै नेताहरुलाई झस्काउने गरी लेखेको ट्वीट नै अहिले हातहालाहालकाे स्थितिमा पुगेकाे छ ।

विवाद बढ्न थालेपछि निधिले देउवामाथि, निधिमाथि प्रकाशशरण जँगिए पछि सभापति देउवाले मंगलबारको बैठकमा सहमति जुट्ने काँटछाँट देखेनन् र अर्को दिन पनि छलफल गर्ने भन्दै त्यसको तयारी गर्न पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई निर्देशन दिए । त्यसपछि  उपसभापति सहमहामन्त्री माथि हातपात नै गर्ने गरी झम्टिन पुगेकाे देउवा पक्षले बतायाे । नागरिकताको विषयमा कांग्रेसभित्र पहाड र मधेशका नेताको लाइन नमिलेपछि विवाद बढेको नेताहरुको भनाइ छ।

 


Thali Mobile Pvt.Ltd.