भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा

बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा

बैतडी, । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ । बाढीले स्थानीय जस्वीर साउद, चक्रसिंह साउद र बिरुवा साउदको खेत बगाएको हो । स्थानीय भीमबहादुर चन्दका अनुसार खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान मारमा छन् ।

यस्तै सिगास गाउँपालिका–५ ढुङ्गाड क्षेत्र बाढीको उच्च जोखिममा परेको छ । लगातारको वर्षाले सेती नदीमा पानीको बहाव उच्च बनेपछि बस्तीमा नदी पस्ने खतरा बढेको छ । ८० भन्दा बढी परिवारको बस्ती रहेको ढुङ्गाडमा सेती नदीले बस्तीतर्फ कटान सुरु गरेको र स्थानीय सुरक्षित स्थानमा सर्न थालेका वडा नं ५ का वडाध्यक्ष राजेन्द्र चन्दले जानकारी दिनुभयो ।

नदी बस्तीतर्फ आउन थालेपछि स्थानीय बासिन्दा खाद्यान्न तथा बाँसका लगि चाहिने सरसामान नजिकैको शारदा माध्यामिक विद्यायलमा सर्न थालेका हुन् । गत वर्ष कात्तिकमा आएको लगातारको वर्षाले सेती नदी बस्तीमा पसेपछि यहाँ धानबालीमा ठूलो क्षति पुगेको थियो । बैतडीमा बुधबार रातिदेखि लगातार वर्षा भइरहेकाले जिल्लाको जनजीवन प्रभावित भएको छ ।

 


Thali Mobile Pvt.Ltd.