भर्खरै : Sorry, your browser does not support inline SVG.

बाढी पहिरोमा परेर २००बढीको मृत्यु, मेडिकल टोली प्रभावित क्षेत्रमा

बाढी पहिरोमा परेर २००बढीको मृत्यु, मेडिकल टोली प्रभावित क्षेत्रमा

कंगो । बाढी र पहिरोमा परी २०० भन्दा बढीको मृत्यु भएको छ । कंगोको किवु प्रान्तको कालेह क्षेत्रमा बिहीबार भारी वर्षा भएको थियो ।

सो क्षेत्रका दुई गाउँमा बाढीले धेरै नै क्षति पुर्‍याएको छ । कालेह क्षेत्रबाट २०३ जनाको शव संकलन गरिएको प्रशासक थोमस बाकेङ्गालाई उद्धृत गर्दै न्यूज च्यानलले जनाएको छ ।

रेडक्रस लगायतका सहायताकर्मीको टोली उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

नोबेल शान्ति पुरस्कार विजेता डेनिस मुकवेगले पनि मेडिकल टोली प्रभावित क्षेत्रमा पठाइएको बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.