काठमाडौं । नेपाली कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त भएका छन् । आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको बुझिएको छ ।
कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् ।
हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने स्रोतले बतायो ।
हाल वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका छन् । कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका नवनियुक्त मन्त्री आचार्य राष्ट्रपति रामचन्द्र पौडल निकट मानिन्छन् ।
आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।
