भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

बाढी पहिरो गएको महिनौपछि गृहमन्त्री खाँड बाढी प्रभावित क्षेत्रमा

बाढी पहिरो गएको महिनौपछि गृहमन्त्री खाँड बाढी प्रभावित क्षेत्रमा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपहिरो प्रभावित क्षेत्रको गृहमन्त्री बालकृष्ण खाँडले निरीक्षण गरेका छन् । गएको असार १ र साउन १६ गतेको बाढीको कारण यस क्षेत्रमा मानवीय तथा भौतिक रुपमा ठूलो क्षति पुगेको थियो । गृहमन्त्री बालकृष्ण खाँड र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलसहितको टोलीले शनिबार हेलम्बु गाउँपालिका–२ मा रहेको गणेश बगर र मेलम्चीका बाढी प्रभावितको अवस्था बुझ्नु गएका हुन ।

निरीक्षण टोलीमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत, पूर्व कानुनमन्त्री तथा सांसद शेरबहादुर तामाङ, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी भएका थिए । गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र त्यस वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेश बजार क्षेत्रको स्थलगत निरीक्षण गरी तत्कालै सरकारबाट हुने सहयोगको प्रतिबद्धता समेत गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.