भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा |

बालकृष्ण खाँणलाई निलम्बन गर्न कांग्रेस केन्द्रीय सदस्य सहमति जुटाउँदै

बालकृष्ण खाँणलाई निलम्बन गर्न कांग्रेस केन्द्रीय सदस्य सहमति जुटाउँदै

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु यतिबेला नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने आवाजसहित सहमति जुटाउदै छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत मुलुकमा पठाउने गिरोहलाई सघाएको पाइएपछि पूर्वगृहमन्त्री खाँण पक्राउ परेका थिए । उनलाई पार्टीको केन्द्रीय सदस्य पदबाट निलम्बन गर्नुपर्ने आवाज कांग्रेस नेताहरुले उठाउदै आएका छन् ।

तर गत वैशाख २७ गतेदेखि प्रहरी नियन्त्रणमा रहेका खाँणलाई कांग्रेसले अहिलेसम्म निलम्बन गरेको छैन । बुधबार देखि सुरु हुन लागेको कांग्रेसको केन्द्रीय समिति बैठकमा खाँणको निलम्बन गराउने तयारी केन्द्रीय सदस्यले गरेका छन् ।

बालकृष्ण खाँणको निलम्बनको विषयलाई छलफलको एजेण्डा नबनाउने एक नेताले बताए । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्न अहिले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा शीर्ष नेताहरुको बैठक बस्दै छ ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शीर्ष नेताहरुको बैठकले केन्द्रीय समितिको बैठकका एजेण्डा तय गरेर केन्द्रीय समिति बैठकमा पेस गर्ने जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.