१४ असार २०७७ काठमाडौं । बालुवाटारमा बसेर नेकपाले रजाँइमात्रै गरेको छैन, उसले बालुवाटारबाटै आर्थिक रूपमा राज्यलाई दोहन गरिरहेको आरोप प्रतिपक्षले आरोप लगाएको छ । नेकपाले पार्टीका सबै गतिविधि, भेटघाट, बैठक, भेला र भोजभतेर गरेर राज्यकोषको दुरुपयोग गरिरहेको प्रमुख प्रतिपक्षले ठहर गरेको छ ।
नेकपाले सत्ता र शक्तिको आडमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको पूर्वाधार, स्रोत र साधन दुरुपयोग गरिरहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आरोप लगाएका छन् । बालुवाटारलाई पार्टीको आन्तरिक दाउपेचको अखडा बनाएर आर्थिक दोहन गरिरहेको उनको ठकर छ ।
प्रधानमन्त्रीको स्वास्थ्यप्रति संवेदनशील भएर विषय जोडदार रूपमा उठाइएको, एकतापछि सबैजसो बैठक बालुवाटारमै बसेको, तर प्रधानमन्त्रीको स्वास्थ्यप्रति संवेदनशील बन्नुपरेका कारण यस्तो गर्नु परेको नेकपा वरिष्ठ नेता झलनाथ खनालले स्वीकारेका छन् ।
पार्टी एकतापछि लगभग ५० भन्दा बढी बैठक बालुवाटारमा बसेको नेकपाले जनाएको छ । दुईवटा केन्द्रीय कार्यालय रहेका नेकपाका सबै बैठक बालुवाटार केन्द्रीत हुनुले काँग्रेस सशंकित भएको हो । शनिबार पनि नेकपा बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेपछि काग्रेसले यस्तो अभिव्यक्ति दिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी भन्दा बढी आलु उत्पादन गरेका छन् । आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी...
कञ्चनपुर, २९ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउपडी गोठमा सुतिरहेकी एक महिलाको सर्पदंशबाट ज्यान गएको छ। २८ वर्षीया कमला दमाईलाई गएराति करिब ८ बजेको समयमा करेत जातको विषालु...
काठमाडौँ, २९ असार । विभिन्न भागमा आज हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यकासहित देशका केही स्थानमा बिहानैदेखि घाम लागे पनि...
कपिलवस्तु, २९ असार । काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा परेकामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। जिल्ला ट्राफिक...