भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

बासुदेब थापाले दिए पदबाट राजीनामा

बासुदेब थापाले दिए पदबाट राजीनामा

भक्तपुर । सुर्यबिनायक नगरपालिकाका नगरप्रमुख बासुदेब थापाले पदबाट राजीनामा दिएका छन् । नगर उपप्रमुख जुना बस्नेत समक्ष थापाले राजीनामा दिएका हुन् ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुन नगरप्रमुखमा उम्मेदवारी दिने भएपछि थापाले राजीनामा दिएको एमाले सूर्य विनायक नगरकमिटिले जनाएको छ ।

थापासंगै उपप्रमुख जुना बस्नेतले पनि राजीनामा दिएकी छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा बासुदेव थापाले १२ हजार १ सय ३५ मत ल्याएर विजयी भएका थिए ।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका विष्णु कार्कीले १० हजार १ सय ६५ मात्र ल्याएका थिए । त्यस्तै उपमेयर जुना बस्नेतले १२ हजार ८ सय ३२ मत ल्याएर विजयी भएकी थिईन् ।

उक्त्त निर्वाचनमा नेमकिपाले २ हजार २ सय ८०, माओवादी केन्द्रले १ हजार ३ सय ८४, १ सय ४ माले, नयाँ शक्तिले ९८, राप्रपाले २ हजार १ सय ६९ मत प्राप्त गरेका थिए ।

यस्तै उपमेयरमा काँग्रेसका कल्पना राजथलाले ८ हजार ९ सय ७ मत प्राप्त गरेकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.