भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद

बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद

दोलखा । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा थप चार किलो सुन बरामद भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ढुङमामुनि लुकाइराखेको यो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले यसअघि जामुनेको होटेलबाट तीन किलो र चार किलो सुन सहित ५५ वर्षीय नुर्वु छिरिङ शेर्पा र श्रीमती ३० वर्षीया सुनमाला तामाङ,२८ वर्षीय केशर तामाङ, १८ वर्षीय पेम्बा तामाङ र लामाबगरको गोंगरका २० वर्षीय माधव मगरलाई पक्राउ गरेको थियो ।

चीनबाट अवैध रूपमा ल्याएको सुन लुकाएर राखेको सूचनाको आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । तीन पटकमा ११ किलो सुन बरामद भएको छ । अरू व्यक्तिहरू फेला परेका छैनन् । खोज अनुसन्धान तीव्र रूपमा भइरहेको छ ।

अहिलेसम्मको अनुसन्धानबाट पक्राउ परेका मध्ये केही लगानीकर्ता र केही भरिया भएको प्रहरी नायब निरीक्षक दीपक खडकाले बताए । सोक्टाबाट फलयक हुँदै सुन ल्याएको उनको भनाइ छ । पक्राउ परेकाहरूलाई सङ्गठित अपराध र भन्सार कानुन अनुसार कारबाही अगाडि बढाइएको छ । अनुसन्धान भइरहेकाले अहिले नै यथार्थ पुष्टि हुन बाँकी रहेको उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.